जातीय भेदभावविरुद्ध ‘आवाज’को र्याली
पाेखरा | चैत ७, २०७९
पोखरा: जातीय समानताको लागि लामो समयदेखि काम गर्दै आएको संस्था ‘आवाज’ले मंगलबार पोखरामा शान्तिपूर्ण र्याली निकालेको छ ।
५८ औँ अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा निकालिएको र्याली पोखरा १६ मा निकालिएको हो । उक्त अवसरमा आवाजका अध्यक्ष प्रकाश सुनारले नेपाली समाजले अझैपनि जातीय विभेदलाई परास्त गर्न नसकेको बताए ।
अध्यक्ष सुनारले भने ‘जातीको आधारमा मान्छेमाथि गरिने विभाजन र भेदभाव मौलिक अधिकारको उल्लंघन हो । यस विभेद अन्त्यका लागि सबै आआफ्नो ठाउँबाट संवेदनशील हुन आवश्यक छ ।’ त्यस्तै, वडा १६ का सदस्य रामचन्द्र पौडेलले जातीय विभेद अन्त्य गर्न सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए ।
‘गणतन्त्रमा जातीय विभेदको स्थान छैन’ वडासदस्य पौडेलले भने ‘संविधानमा प्रदत्त अधिकारले कसैलाई कुनैपनि आधारमा भेदभाव गर्न पाइँदैन ।’
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

